१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका ६ अर्चलेका ४६ वर्षीय बुवालाई चैत १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनायो ।