INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीका बागलुङ जिल्ला संयोजक २२ वर्षीय प्रविण सापकोटालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले चैत १८ गते गिरफ्तार गरेको छ ।

बागलुङ नपा–४ कुँडुले बस्ने सापकोटालाई प्रहरीले बागलुङ नपा–२ लोकतान्त्रिक चोकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्राईले जानकारी दिए ।

गिरफ्तार गरिएका सापकोटालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

अन्य

भिडियो