INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–४ का २० वर्षीय रामजीत लोधविरुद्ध पीडित पक्षले चैत १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

आरोपितले चैत १६ गते बालिकालाई प्रलोभन देखाएर खेतमा लगेर बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय लुम्बिनीमा चैत १७ गते उजुरी दिएकी हुन् । आरोपित फरार रहेकाले खोजी भइरहेको  इलाका प्रहरी कार्यालय लुम्बिनीका सई डेलम्बर घिमिरेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो