INSEC Online

📅 २०८३ जेष्ठ २१

हावाहुरीका कारण भएको घटनाप्रति इन्सेकद्वारा दुःख व्यक्त

बारा र पर्सा जिल्लामा पानीसँगै आएको हावाहुरीका जनधनको क्षति भएको खबरले दुःखी तुल्याएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।

यस अकल्पनीय विपतमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

‘बारा जिल्लाको भलुही, परैनिया परसौन, बिजबनियाका साथै पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा गरी २७ जनाको मृत्यु भइसकेको र ६ सयभन्दा बढी घाइते भएका छन् । घटनामा घाइते हुनेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन तथा राहत र पुनर्स्थापनाको उचित प्रबन्ध गर्न सरकारसँग अनुरोध गर्दछौँ ।’–इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा चैत १८ गते जारी विज्ञप्तिमा भनिएको छ ।

इन्सेकको प्रदेश २ कार्यालय, जनकपुरधाम र बारा जिल्ला प्रतिनिधिमार्फत उद्धार, खोजी र राहत कार्यको अभिलेख राख्ने तथा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने कार्य शुरुआत गरिसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।

अन्य

भिडियो