INSEC Online

📅 २०८३ श्रावण ६

हेमन्तप्रकाश वलीलाई उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली (सुदर्शन) लाई सर्वोच्चमा हाजिर गराउन चैत १४ गते सरकारलाई निर्देशन दिएको छ ।

वलीलाई प्रहरीले गिरफ्तार गरेपछि छोरी विपना वलीले चैत १४ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

सो पार्टीका मध्य कमाण्ड इञ्चार्ज रहेका वलीलाई प्रहरीले चैत ९ गते काभ्रेको खानीखोला–७ मिल्चेबाट गिरफ्तार गरेको थियो ।

वलीसहित नौ जनालाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौँ आउँदै गर्दा गिरफ्तार गरिएको प्रहरीको दावी रहेको छ ।

जीपमा हतियार समेत भेटिएको सुरक्षा संयन्त्रले दावी गरेको छ । वलीमाथि संगठित अपराध मुद्दामा अनुुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट आठ दिनको म्याद लिएको छ ।

अन्य

भिडियो