१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १५ वर्षीय बालकलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८३ असार २३ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई नौ वर्ष कैद सजाय, ३ लाख ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेकोमा अभियुक्तले ३ लाख ५० हजार रुपियाँ दिन सक्ने आर्थिक स्थिति नभएकोले पीडित राहतकोष मार्फत ३ लाख ५० हजार रुपियाँ पीडितलाई भराइ दिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभएको छ ।
आरोपितले पीडितलाई ०८२ मंसिर १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर १७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई मंसिर १७ गते घरबाटै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण मंसिर १६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।