सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सहसेक्रेटरी म्याङलुङ्ग नगरपालिका–८ का ४८ वर्षीय हेमबहादुर लिम्बूलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ ।
सो पार्टीमा आवद्ध भएका लिम्बूलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजबहादुर दाहालले बताए ।
यसअघि फागुन १४ गते छथर गाउँपालिका–६ बाट प्रहरीले गिरफ्तार गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कालिकोट तिलागुफा नगरपालिकाका ३० वर्षीय पैरबहादुर रावललाई ओख्रेबाट गिरफ्तार गरेको थियो ।
चैत ८ गते ८ हजार रूपियाँ धरौटीमा रिहा गरे पनि उनलाई पुनः चैत ८ गते नै प्रहरीले गिरफ्तार गरेर अज्ञात बनाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी कार्यकर्ता कमला कन्दङ्वाले बताइन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाइँले भने प्रहरीले गिरफ्तार गरेको रावललाई चैत ८ गते धरौटीमा छाडिसकेको बताएकी छन् ।