नौ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ ।
बालिकालाई ०८३ साउन ४ र ५ गते बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साह र ङ्गेली नगरपालिका–७ का २० वर्षीय करण मण्डल, सोही ठाउँका १८ वर्षीय प्रियान्सु साह र रङ्गेली नगरपालिका–६ का १८ वर्षीय रितिक यादव छन् ।
बालिकामाथि लगातार बलात्कार भएको उजुरी परेपछि जिल्ला र इलाका प्रहरीको संयुक्त टोलीले आरोपितहरूलाई गिरफ्तार गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ४ गते गरिएको थियो ।