भारत विहार बेतिया चम्चारन घरभई बुटवल उपमहानपा–१ मैनाबगर अटोभिलेजमा कार्यरत ४५ वर्षीय फिरोज खान अन्सारीको चैत १३ गते अज्ञात पक्षले प्रहार गरेको गोली प्रहारबाट मृत्यु भएको छ ।
ग्यारेजबाट अटोरिक्सामा कोठातिर फर्कँदै गरेका खानलाई अटोरिक्साबाट ओर्लने क्रममा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
अन्सारी लामो समयदेखि बुटवलको मैनाबगरमा मिस्त्रीको काम गर्दे आएका थिए । घाइते खानको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले के कारणले कसले गोली हानी हत्या गरेको भन्ने विषयमा तीव्र अनुसन्धान भइरहेको बताए ।
शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।