INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका–२ का ४२ वर्षीय शम्शेर तामाङलाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले घटना भएकै दिन इलाका प्रहरी कार्यालय दमकमा प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा चैत १३ गते गरिएको छ ।

त्यसैगरी १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हल्दीवारी गाउँपालिका–२ का ६५ वर्षीय राजन अधिकारलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा चैत १२ गते गरिएको छ ।

अन्य

भिडियो