१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका–७ सुकौरा न्यौपानेटारका ६८ वर्षीय सिताराम नेपाललाई ०८३ साउन १ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ फागुन २१ गते र ०८३ असार ३२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १ गते उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते हेटौंडा अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा गरिएको छ ।