INSEC Online

📅 २०८३ श्रावण ५

यौन दुर्व्यवहार घटनाका आरोपितहरु गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–१० खोसार्नेस्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई विभिन्न समयमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका दुईजना शिक्षक र एक जना सवारी चालकलाई ०८३ साउन ४ गते गिरफ्तार गरेको छ ।

सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई यौन  दुर्व्यवहार गरेको आरोपमा सुन्दररहैँचा नगरपालिका–१० घर भई सोही विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा नगरपालिका–२ घर भई सोही विद्यालयका शिक्षाकहरु ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दररहैँचा नगरपालिका–१२ का ३५ वर्षीय अविरल मास्केलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपित शिक्षकहरूले विभिन्न प्रलोभनमा पारेर छात्राहरूसँग म्यासेञ्जरमा कुराकानी गर्ने र यौन दुर्व्यवहार गर्ने गरेको गोप्य कुराकानी सामाजिक सञ्जालमार्फत बाहिर आएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

पीडित विद्यार्थीहरूले ०८३ साउन ४ गते सार्वजनिक रूपमा विरोधको कार्यक्रम गर्नुअघि नै प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो ।

सुन्दरहरैँचा नगरपालिकाको शिक्षा शाखा र नगर बाल क्लब सञ्जालले विज्ञप्तिमार्फत दोषीलाई कारबाहीको माग गरेको छ ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो