जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका-३ की ३६ वर्षीया दिपा पुनको मृत्यु भएको छ । ०८३ असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका सात जना बिरामी परेका छन् । बिरामी परेकामध्ये दिपालाई राप्ती प्रादेशिक अस्पताल तुलसिपुर र राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजादै गर्दा साउन २ गते बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
च्याउ खाएर बिरामी परेका तुलसिपुर उपमहानगरपालिका-३ का ७५ वर्षीया दशरथी पुन, ३८ वर्षीय डम्मरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, ५ वर्षीय विपिन पुन, १२ वर्षीय विवेक पुन र सुमन बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार गरिएको छ ।