INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय बालकलाई चैत ११ गते ६ महिना कैदको सजाय सुनाएको छ ।

न्यायधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बाल सुधार गृहमा रहेका बालकलाई बलात्कार कसुर ठहर गर्दै ६ महिना गृहमा नै बसी कैद भुक्तान हुने गरी फैसला सुनाएको हो ।

पीडित बालिकालाई आरोपितले गत कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटना भएको एक सातामा बालिका बिरामी भएपछि परिवारले बुझ्दा हाडनाता भित्रैबाट बलात्कार भएको खुलेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो ।

अन्य

भिडियो