१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–११ का २१ वर्षीय सञ्जिपकुमार राउतलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित परिवारले चैत १२ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १२ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार आरोपित राउतलाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।