INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३ बाँसीका २० वर्षीय गणेश बिष्टलाई ०८३ असार ३२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार  ३१ गते बलात्कार गरेको पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर पुष्पराज रोकायले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३२ गते दैलेख अस्पतालमा गरिएको छ।

अमर सुनार

अन्य

भिडियो