२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ का २६ वर्षीय अप्रिल घर्ती र रम्भा गाउँपालिका–४ पाल्पाका २६ वर्षीय विवेक पाण्डेलाई ११ महिना कैदको सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको असार ३१ गतेको इजलासले आरोपितहरुलाई आंशिक कसुर ठहर गर्दै ११ महिनाको कैद, जनही २२ हजार रुपियाँ जरिवाना र ६० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभएको छ ।
आरोपितले महिलालाई ०८२ असोज १० गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ असोज १० गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असोज १० गते घरबाटै गिरफ्तार गरेको थियो । जिल्ला अदालतका तत्कालीन न्यायाधीश दलबहादुर केसीको असोज २६ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज १० गते पाल्पा अस्पतालमा गरिएको थियो ।