नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ ।
विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा मालिका गाउँपालिका–३ रुम डाँडागाउँबाट तीनैजनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
गिरफ्तार हुनेमा विप्लव नेतृत्वको नेकपाका जनसरकार संयोजक मालिका–३ रुमका ५९ वर्षीय जगेन्द्र पुन, अखिल नेपाल शिक्षक सङ्गठनका सदस्य मालिका–६ का ३० वर्षीय थमबहादुर पुन र मालिका गाउँपालिका–६ दरवाङका नेकपाका जिल्ला सदस्य २८ वर्षीय रमेश पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
नेकपा म्याग्दीका इञ्चार्ज गमबहादुर श्रीषमगरले चैत ११ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर गिरफ्तारको पुष्टि गरेका छन् ।
गिरफ्तार गरिएका तीनै जनालाई चैत ११ गते नै जिल्ला प्रहरी कार्यालय म्याग्दी स्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।