राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल (मानव अधिकार एलाइन्स) र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्यमा मानव अधिकारको वर्तमान अवस्था, नागरिक स्थान (सिविक स्पेश) र युवाको भूमिका विषयक संवाद, रक्तदान, वाकाथन तथा सांस्कृतिक कार्यक्रम ०८३ असार २९ गते काठमाडौँको गोकणेश्वर–४ मा सम्पन्न भएको छ ।
मानव अधिकारको वर्तमान अवस्था, नागरिक स्थान (सिविक स्पेश) र युवाको भूमिका विषयमा इन्सेककर्मी वरुण बस्यालले सिभिक स्पेश परिस्थती अनुसार नियमनकारी हुनु पर्ने र यसको आवश्यकता भएका स्थानका विस्तार हुनुपर्नेमा जोड दिनु भयो । उहाँले नव युवा पुस्ताहरुलाई जिम्मेवारी र दायित्ववहन गर्दै सिभिक स्पेशको सहि सदुपयोग गर्न अनुरोध गर्नु भयो ।

अधिवक्ता विपना शर्माले युवा नागरिक स्थानको अवस्था, चुनौती र भावि कार्यदिशाका बारेमा बताउनु भयो । उहाँले अधिकार र दायित्वलाई सँगसँगै समान महत्व दिन र मानव अधिकार प्रर्वद्धनमा योगदान पुर्याउन युवाहरुलाई अनुरोध गर्नुभयो ।

युवा कृषि उद्यमीको कथा ९च्भखयगितष्यलबचथ ब्नचष्अगतिगचभ ९च्ब्ध्० च्भबष्तिथ क्जयध० को कृषकतर्फको विजेता लक्ष्मण के.सी.ले कृषि र उद्यमशिलताबका बारेमा बताउनु भयो ।
त्यस्तै युवा र वातावरण विषयमा युवा अभियानता समिर थापा , गैरसरकारी संस्था महासंघमा सचिव जजराज शाही, मानव अधिकार कर्मी डा.कृष्ण सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो । मानवअधिकार एलाइन्सकी उपाध्यक्ष तथा पौरखी नेपालकाी संस्थापक मन्जु गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा मानव अधिकार एलाइन्सका पूर्व अध्यक्ष तथा राष्ट्र्रिय योजना आयोगका पूर्व सदस्य मिनबहादुर शाही, सल्लाहकार डा.कृष्ण सुवेदी, इन्सेक बागमती प्रदेशका संयोजक शिव प्रसाद खकुरेल लगायत विभिन्न नागरिक संघसंस्थाका प्मुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । 
