INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका व्यूरो  प्रमुखसहित दुई जना गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यवहाक कोशी व्युरो संयोजक ओखलढुंगा घर भएका ३८ वर्षीय घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी व्युरो सदस्य ५५ वर्षीय माधव गौतम (आकाश शर्मा) लाई मोरङ प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ ।

प्रहरीले उनीहरुलाई कानेपोखरी गाउँपालिका–४ नारायणचोकबाट गिरफ्तार गरेको सो पार्टीका कोशी व्युरो सदस्य प्रज्वल श्रेष्ठले बताए ।

गिरफ्तार गरिएका उनीहरुलाई कहाँ लगिएको छ भन्ने थाहा नदिइ बेपत्ता बनाएको सदस्य श्रेष्ठले आरोप लगाएका छन् ।

श्रेष्ठले इन्सेक प्रदेश कार्यालय विराटनगरमा समेत फोन गरी गिरफ्तार गरिएकाहरुको अवस्था बुझिदिन आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले उनीहरु गिरफ्तारीमा परेको जानकारी नभएको बताए ।

पार्टीका पूर्वी कमाण्ड इञ्चार्ज अनिल शर्मा विरहीले एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीमा परेकाहरुलाई रिहा गर्न माग गरेका छन ।

अन्य

भिडियो