तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धिजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले चैत ११ गते गिरफ्तार गरेको छ । गस्तीमा गएको प्रहरी टेलीले खाँडाचक्र नगरपालिका–६ दाहाँबाट शाहीलाई गिरफ्तार गरेको हो ।
जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले जानकारी दिए ।
विप्लव नेकपाका कालिकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले शाहीसँग देखाइएको विष्फोटक पदार्थ प्रहरीले फसाउनको लागि मात्रै देखाएको आरोप लगाएका छन् ।