INSEC Online

📅 २०८३ असार ३१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुनीचाँदे गाउँपालिका – ७ जाजरकोट घर भई हाल तिला गाउँपालिका–३ बस्दै आएका ३६ वर्षीय हरिबहादुर घर्तीलाई ०८३ असार २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई असार २८ गते राती बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा असार २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी चिरञ्जीवी दाहालले बताउनु भयो । उहाँका अनुसार  महिलाको घरमा पाहुना बस्न गएका बेला आरोपितले खाना पकाइरहेको अवस्थामा भान्सा कोठामा प्रवेश गरी बलात्कार प्रयास गरेको खुलेको छ ।

पीडितको स्वास्थ्य परीक्षण असार २९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ ।

मानदत्त रावल

अन्य

भिडियो