INSEC Online

📅 २०८३ असार ३१

अमानवीय व्यवहार गर्ने जनप्रतिनिधिविरुद्ध उजुरी

घोराही उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत घोराही उपमहानगरपालिका–१६ का ४९ वर्षीय अजय बोहोरामाथि मोसो छ्यापेर अमानवीय व्यवहार गरेको भन्दै सोही उपमहानगरपालिका–१५ का वडा सदस्य ३५ वर्षीय लेखराज बुढाथोकीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको छ ।

पद्मोदय मावि घोराहीको विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउन खटिएका शिक्षा अधिकृत बोहोरामाथि वडा सदस्य बुढाथोकीले असार २७ गते मोसो छ्यापेर अमानवीय व्यवहार गरेका थिए । निर्वाचन सम्पन्न गरी पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा असार २८ गते उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । आरोपित फरार भएकाले खोजी भइरहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रसेवक कर्मचारीमाथि भएको अमानवीय व्यवहारको विरोध गर्दै कर्मचारी संगठन, विद्यालयका प्रअहरुले असार २८ गते संयुक्त विज्ञप्ती जारी गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

जयनारायण पुन

अन्य

भिडियो