INSEC Online

📅 २०८३ असार ३१

नवयुवा पुस्ताको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका घोराही उपमहानगरपालिका–१३ का ३३ वर्षीय कैदी गोविन्द बिकलाई प्रहरीले असार २७ गते घोराहीबाट गिरफ्तार गरेको छ ।

जवरजस्तीकरणी मुद्दामा २५ वर्ष कैद फैसला भुक्तान गरिरहेका बिक नवयुवा पुस्ताको आन्दोलनका क्रममा जेल तोडेर भागेका थिए । लुकिछिपी बसिरहेको सूचनाका आधारमा बिकलाई गिरफ्तार गरी तुलसीपुर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी डा.हेमबहादुर केसीले जानकारी दिनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो