INSEC Online

📅 २०८३ असार ३१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाकी ७५ वर्षीया उमदा देवी यादवमाथि कुटपिट गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय वैजनाथ यादवविरुद्ध पीडितले ०८३ असार २८ गते बरसाइन प्रहरी चौकीमा उजुरी दिएकी छिन् ।

खेतको पानी निकासको विषयलाई लिएर असार २८ गते बिहान विवाद हुँदा आरोपितले कुटपिट गरेको पीडितका छोरा ४७ वर्षीय रामनाथ यादवले बताउनु भएको छ। घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

नविन यादव

अन्य

भिडियो