१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकललाई चैत १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ९ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दैलेखमा चैत १० गते गरिएको छ ।