INSEC Online

📅 २०८३ असार २६

पुलबाट खसेर अपाङ्गता भएकी सुविक्षालाई घरमा पुगेर दिइयो नागरिकता

पुलबाट खसेर अपाङ्गता भएकी मधुवन नगरपालिका- १ की १७ वर्षीया सुविक्षा थारूलाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले ०८३ असार २४ घरमा पुगेर नागरिकता दिनुभएको छ ।

कक्षा १२ मा पढ्दै गरेकी थारूको करिब दुई महिना अगाडि पुलबाट खसेर ढाड भाँचिएको थियो । ढाड भाँचिएर अपाङ्गता भएकी थारूलाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल जिल्ला समन्वय समितिका अध्यक्ष सूर्यबहादुर बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी, पत्रकार महासंघका अध्यक्ष यज्ञप्रसाद सापकोटा, इन्सेक जिल्ला प्रतिनिधि प्रकाश पौडेल लगायतको टोली घरमा पुगेको थियो ।

सुविक्षाले नागरिकता पाएपछि खुसी हुँदै आफू स्वस्थ भएपछि समाजकालागि उदाहरणीय काम गरेर देखाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ चिकित्सकले उपचार गरेपछि स्वास्थ्य हुन्छु भन्नु भएको छ ।’

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुविक्षाको उपचारका लागि आवश्यक सहयोग गर्नका लागि सरोकारवाला निकायसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो