INSEC Online

📅 २०८३ असार ३१

विद्युतीय अपराध घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८३ असार ८ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–१ चैनपुरका २५ वर्षीय अर्जुन चौधरीलाई असार २२ गते घरबाट गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको भन्दै पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका छन् ।

घटनाका बारेमा कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।

रीमा बि.सी.

अन्य

भिडियो