११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा खडक नपा–९ का १८ वर्षीय दाजु राजदेव मण्डललाई जिल्ला अदालतले चैत ४ गते जन्मकैदको सजाय हुने फैसला गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई कर्तव्य ज्यानको कसुरका लागि जन्मकैद, बालिका बलात्कारको कसुरका लागि १० वर्ष कैद र हाडनाता करणीको कसुरका लागि दुई वर्ष कैद हुने फैसला गरेको हो ।
स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार आरोपितले गरेको विभिन्न कसुरका आधारमा जन्मकैद, १० वर्ष कैद र दुई वर्ष कैद तोकिएपनि सबैभन्दा बढी हुने जन्मकैदको सजाय भोग्नु पर्नेछ ।
पीडितको कोठामा ०७४ माघ २५ गते साँझ मुख थुनेर बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अन्य मानिसले थाहा नपाउन् भनेर पीडितकै कुर्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको अदालतले जनाएको छ ।
सुरुमा कालगतिले मृत्यु भएकी भनिएकी बालिकाको शवलाई ०७४ माघ २६ गते पोष्टमार्टम गर्न लहान पु¥याइएकोमा परीक्षणका क्रममा चिकित्सकहरुले बालिका बलात्कृत भएको संकेत गरेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले सुक्ष्म ढंगले अनुसन्धान गरी ०७४ माघ २८ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।
शवको पोष्टमार्टम धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७४ माघ २६ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई ०७४ माघ २८ गते गिरफ्तार गरी हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा कानुनी कारवाही थालेको थियो ।
न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले आरोपित ०७४ फागुन २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।