बेपत्ता घटनाकाे इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुगमन
त्रिपुरा सुन्दरी नगरपालिका- ५ लहाँका ३८ वर्षीय जुन राेकाय बेपत्ता घटनाकाे राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश र इन्सेक कर्णाली प्रदेश कार्यालयकाे टाेलीले ०८३ असार २२ गते संयुक्त रुपमा अनुगमन गरेकाो छ ।
आयाेग र इन्सेककाे टाेलीले पीडित परिवार, प्रहरी कार्यालय, जनप्रतिनिधि र स्थानीयसँग भेटघाट गरि घटनाकाे अनुगमन गरेकाे हाे ।

प्रहरीले ०८२ पुस १८ गते लागूऔषध काराेबार भइरहेकाे भन्ने सूचनाका आधारमा वडा नम्बर ५ काे करबगार्डमा पिछा गर्दा राेकाय भेरी नदीमा बेपत्ता भएका हुन् । त्यसपछि इलाका प्रहरी कार्यालय स्थानीयले चाैकी करबगार्ड खदाङमा आक्रमण गरेका थिए । घटनामा संलग्न पाँच जना विरुद्ध पीडितले पुस २७ गते ज्यान मार्ने तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी उजुरी दिएपछि उनीहरूलाई गिरफ्तार गरिएको थियाे । उक्त घटनाकाे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका तत्कालीन एसपी रामप्रसाद घर्तीकाे संयाेजकत्वमा समिति गठन गरिएको थियाे । तर, उक्त समितिले प्रतिवेदन सार्वजनिक गरेकाे थिएन । पीडितका परिवारजनले हालसम्म पनि लास र सास नपाएका कारण परम्परा अनुसार काजकिरिया नगरेकाे भन्दै राज्यबाट न्याय पाउनुपर्ने माग गरेका छन् ।