INSEC Online

📅 २०८३ असार २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार  

छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–५ स्थित भानु माध्यमिक विद्यालयका शिक्षक दुर्गा शिवाकोटीलाई असार १९ गते गिरफ्तार गरेको छ ।

शिक्षक शिवाकोटीविरूद्ध छात्राहरूले ०८३ असार १९ गते इलाका प्रहरी कार्यालय, विर्तामोडमा उजुरी दिएपछि आरोपित शिक्षकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

कक्षा कोठामा पढाउने क्रममा छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा शिवाकोटीविरूद्ध पीडित छात्राहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित शिक्षकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपित शिक्षक शिवाकोटीले विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको र घटना बाहिर नबताउन धम्की दिएको विद्यार्थीहरूले दिएको उजुरीमा उल्लेख छ ।

नरेश खाती

अन्य

भिडियो