INSEC Online

📅 २०८३ असार २२

बलात्कार घटनाका आरोपितलाई जन्मकैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सिरहाले धनगढीमाई नगरपालिका–१३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीलाई ०८३ असार १८ गते कसुरदार ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद थापाको एकल इजलासले आरोपितलाई ७ लाख रुपियाँ जरिबाना तथा १ लाख रुपियाँ क्षतिपूर्ती समेतको फैसला गरेको हो ।

बालिकालाई ०८१ असोज १४ गते र मङ्सिर ३ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले मङ्सिर ५ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए । प्रहरीले मङ्सिर ९ गते आरोपितलाई गिरफ्तार गर्‍यो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा मङ्सिर ५ गते भयो । जिल्ला अदालतको ०८१ पुस ४ गते इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

दुर्गा परियार

अन्य

भिडियो