मालारानी गाउँपालिका–८ गुरासेका कमल चौहानको घरबाट १ थान र नजिकै रहेको पहराबाट ३ थान हातहतियार प्रहरीले चैत ८ गते बारामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले अवैध हाहतियार सर्च अभियान सञ्चालन गरेपछि उक्त घर र नजिकै पहरामा हातियार फेला परेको हो ।
केही दिन पहिला जिल्ला प्रशासन कार्यालयले अवैध हतियार बुझाउन ३५ दिने सूचना समेत जारी गरेको थियो ।
कमल चौहानको घरमा र नजिकै पहरामा लुकाइ राखेको अवस्थामा दुई थान भरुवा बन्दुक, दुई थान म्याग्रम टुटु हातहतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमल चौहानको घरमा सशस्त्र द्वन्द्वको समयमा तत्कालिन माओवादीको सेल्टर रहेकाले उक्त हतियारहरु द्वन्द्वकालको भएको प्रहरीको भनाई छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि अवैध हातहतिर र सुरक्षा चेकचाँच जिल्लामा कडा पारिएको छ ।