सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका– ३ तल्लो हचुवाका ५५ वर्षीय बुद्धिबहादुर विश्वकर्मालाई असार १७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८३ असार १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १६ गते इलाका प्रहरी कार्यालय, केरावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते कोशी अस्पताल, विराटनगरमा गरिएको छ ।