नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते जलेश्वर कारागारबाट फरार भएका एकडारा गाँउपालिका–१ का २० वर्षीय मो. नजरे आलम अंसारीलाई ०८३ असार ११ गते प्रहरीले महोत्तरीबाट गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी पञ्चलाल गोलेका अनुसार चोरी सम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका आलमलाई आफ्नो घरमा लुकिछिपि बसेको सूचना आधारमा गिरफ्तार गरिएको बताउनुभयो । उनलाई असार १२ गते जलेश्वर कारागार कार्यालय महोत्तरीमा बुझाएको डिएसपी गोलेले जानकारी दिनुभयो ।