१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय दीपेन्द्र गिरीलाई गिरफ्तार गरेको छ ।
बालिकालाई ०८३ असार २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा झापा घर भएका गिरीलाई अनुसन्धानका लागि असार १२ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ७ गते गरिएको छ ।