सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमलबहादुर शाहले प्रादेशिक अस्पतालहरुमा प्रविधिमैत्री सेवा विस्तार गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
अग्रलेख मल्टिमिडियाको आयोजना तथा निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश कार्यालय, धनगढी र स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको सहकार्यमा असार १४ गते आयोजित स्वास्थ्य सेवामा जनचासो सुदूरपश्चिमको यथार्थ र सुधारको बाटो विषयक संवाद कार्यक्रममा मुख्य मन्त्री शाहले सो प्रतिबद्धता जाहेर गर्नु भएको हो ।
उहाँले भन्नुभयो—‘प्रदेश सरकारको मातहतमा रहेका सबै प्रादेशिक अस्पतालहरुमा डायलासिस सेवा बिस्तार, दक्ष जनशक्ति र उपकरणकोे व्यावस्थापन गरी अस्पतालहरुको आवश्यकताको आधारमा शैय्या थप गरी सेवा प्रवाह गर्छौ, र निजि अस्पतालहरुसंग नितिगतरुपमा सेवामुलक सेवा प्रदान गर्न सहकार्य गर्छौ ।’
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास महाशाखाको प्रमुख निरव अर्यालले प्रदेश लोक सेवा आयोगबाट जनशक्ति व्यवस्थापन गरिएकाले जिल्ला अस्पतालहरुमा पनि विषेज्ञ सेवा उपलब्ध भइरेहेकाले अस्पतालहरुको स्तरोन्नती गर्दौ दक्ष जनशक्ति थप्ने निति तथा योजना रहेको बताउनु भयो ।

निजि अस्पताल संघका अध्यक्ष तीर्थराज पन्टले सरकारी अस्पतालका स्वास्थ्य सेवा प्रभावकारी नभएका कारण निजि अस्पतालको विस्तार भएको र पछिल्लो वर्षमा नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँका लागि १० प्रतिशत छुट गर्ने निति ल्याएर कार्यान्वय गरिरहेको बताउनु भयो ।

इन्सेक प्रदेश संयोजक खडकराज जोशीले अस्पतालहरुमा दरवन्दि अनुसार जनशक्ति, आवश्यक उपकरण र प्रभावकारी व्यवस्थापन नभएकाले नागरिकहरुले सहज र गुणस्तिरीय स्वास्थ्य सेवा सुबिधा पाउन नसकेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख प्रकाशदत्त भट्टले राज्यले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको जिम्मेवारी भित्र पर्ने र नागरिकले पनि नागरिकको कर्तव्य पुरा गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो ।

स्वास्थ्य निर्देशनालय राजपुर, डाटीका जनस्वास्थ्य प्रसाशक चेतकान्त भुसालले सुदूरपश्चिम प्रदेश सरकारको मातहतका प्रादेशिक अस्पतालको अवस्था र प्रवाह गरिने स्वास्थ्य सेवाको अवस्थाका बारेमा प्रस्तुती गर्नुभएको थियो ।