INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नगरपालिका- ३ का ५५ वर्षीय बाधुराम थारूलाई  ०८३ असार १० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते इलाका प्रहरी कार्यालय राजापुरमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार १० गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो