विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता नौबहिनी गाँउपालिका–८ का २८ वर्षीय पदमप्रसाद पोख्रेल जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनशन बसेको प्रहरीले जनाएको छ ।
विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य पोख्रेल चैत २ गतेदेखि अनशनमा बसेका हुन् । प्रहरीले चैत २ गते प्यूठान नपा–७ बाट गिरफ्तार गरेको थियो ।
उनले हिरासतमा पानी बाहेक केही नखाएका उनले आपूmलाई रिहा गर्न तथा सरकारले पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा गरे मात्र अनशन तोड्ने बताएकोे जिल्ला प्रहरी कार्यलयका डिएसपी निर्मल बुढाथोकीले बताए ।