INSEC Online

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–१२ का २१ वर्षीय दानविर कुमार यादवलाई ०८३ असार ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८३ जेठ ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका थिए।

आरोपितलाई असार ५ गते सर्लाही जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो