सङ्खुवासभाको पाँचखपन नगरपालिकाकी उपमेयर सुमुना श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा असार ५ गते उजुरी दिनु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको असार ५ गतेको बैठकमा जिल्ला प्रशासन कार्यालय आउने क्रममा पाँचखपन नगरपालिका —४ खप्टुवा उखुबारी र खेकुवा खोलाको बीचको जङ्गलमा हिड्दै गरेको अवस्थामा पाँचखपन नगरपालिका—७ का निर्माण व्यवसायी दावा शेर्पाले दुर्व्यवहार गरेको भन्दै उजुरी दिनु भएको हो ।
आरोपित शेर्पाले प्रदेश १—०२—००१ ब ३०९२ नम्बरको मोटर साइकलमा आफू सवार रहेको अवस्थामा रोकेर चावी खोसेर अमानवीय व्यवहार, अराजक शैलीमा गाली गर्दै मोटरसाइकलको चावी लगेको पीडितले बताउनुभयो । सरकारी मोटरसाइकलमा सवार गरिरहेको अवस्थामा दुर्व्यवहार गरेको उहाँको भनाइ छ।