नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका–८ अगर्वामा पार्किङ गरी राखिएको ना ६ ख ७६२३ नम्बरको ट्रकलाई ०८३ जेठ २५ गते राती ज १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएपछि दुर्घटना भएको घटनास्थलमा पुगेको प्रहरी टोलीलाई कुटपिट गरेको आरोपमा प्रहरीले कविलासी नपा–१० सलेमपुर १९ वर्षीय विक्रम कुमार यादव र २१ वर्षीय प्रियांशु यादवलाई जेठ २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
ट्याक्टर धनी कबिलासी नगरपालिका–१० सलेमपुर ५२ वर्षीय अशोक कुमार यादव नेतृत्वको समूहले प्रहरीमाथि कुटपिट गरेको र नियन्त्रणमा रहेको ट्याक्टर समेत लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनु भयो ।