३५ वर्षीया सुस्तमनिस्थित भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नगरपालिका–४ का ३९ वर्षीय दिलिप सदालाई ०८३ असार २ गते गिरफतार गरेको छ ।
आरोपितले महिलालाई असार १ गते बलात्कार गरेको आरोपमा पीडितले असार २ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पुरुषोतम पाण्डेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कार्वाही प्रकृया अगाडी बढाएको बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार २ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।