११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१३ का २२ वर्षीय चुडामणी डाँगीलाई असार ३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा असार ३ गते उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार ३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।