१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–५ का २१ वर्षीय बन्नु भन्ने अभिमन्यु यादवलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।