आर्थिक अवस्था कमजोर भएर कानुनी प्रक्रियामा जान समस्या परेकी अपाङ्गता भएकी २१ वर्षीया महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८३ जेठ २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलले महिलाका आफन्तलाई न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।
पीडितलाई ०८३ जेठ ७ गते २९ वर्षीय गोर रोकायले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय, बानियाभारमा उजुरी दिएका थिए। घटनाका आरोपित फरार रहेकाले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ९ गते बर्दिया अस्पताल गुलरियामा भएको थियो ।