१९ वर्षीया युवतीलाई ०८३ जेठ २१ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१६ रामपुरका २१ वर्षीय प्रदिप चन्द, २२ वर्षीय विशाल बुढा र सोही ठाउँका १९ वर्षीय पारस अयडीलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।
आफूलाई भेट्न बोलाएर आरोपितहरुले सामूहिक बलात्कार गरेको भन्दै पीडित युवतीले घटनाका बारेमा परिवारजनलाई जानकारी दिएपछि पीडित पक्षले जेठ २३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको धनगढी उपमहानगरपालिका–१६ का अध्यक्ष रामलाल चौधरीले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।