INSEC Online

📅 २०८३ जेष्ठ २५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई ०८३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ पुर्वटेहीका ३२ वर्षीय आवेश चौधरीलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिला घरमा एक्लै भएको समयमा आरोपिते बलात्कार गरपछि आरोपितविरुद्ध जेठ २३ गते नै जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितका भाइले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

मैनामोती चौधरी

अन्य

भिडियो