१४ वर्षीया बालिकालाई बेचविखन प्रयास गरेको आरोपमा थुनामा रहेकी महानगरपालिका- ११ गणेस्थानकी ३२ वर्षीया सजनी विक गौतमलाई चितवन अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलाशले फागुन २८ गते १० वर्षकैद तथा १ लाख रुपियाँ जरिवाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
आरोपितले पीडित बालिकालाई ०७५ कात्तिक २१ गते बेचविखन गर्ने उद्देश्यले बुटवल पुर्याएको भन्दै पीडित पक्षले आरोपित विरुद्ध मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको थियो । मङ्सिर ५ गते गिरफ्तार भएकी आरोपितलाई चितवन जिल्ला अदालतले मङ्सिर २६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।