नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी जिल्ला कारागारबाट भागेका कैदीबन्दी मध्ये अझै पनि २९ महिला र १ सय ४४ जना पुरुष गरी १ सय ७३ जना फिर्ता हुन बाँकी रहेको कारागार प्रसाशनले जनाएको छ । फर्किन बाँकी मध्ये तीन जना महिला र ३५ जना पुरुष गरी ३८ जना भारतीय कैदीबन्दीहरु रहेका छन् ।
प्रदर्शनका क्रममा ५ सय ४६ जना कैदीबन्दी कारागार तोडफोड गरी भागेका थिए । जसमध्ये ४६ महिला र ३ सय २३ जना पुरुष गरी ३ सय ६९ जना फिर्ता भइसकेका छन् भने चार जना पुरुष अन्य कारागारमा हाजिर भएको कारागार प्रसाशनले जानकारी दिएको छ ।
१ सय ५० जना पुरुष र २५ जना महिला गरी १ सय ७५ जना कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा हाल महिला ६३ र पुरुष ३ सय ६२ गरी कुल ४ सय २५ जना कैदीबन्दीहरु रहेका छन् ।